Techie IT
आईतबार, वैशाख २८,२०८२

काठमाडौंको शान नेपालीकै पहिचान ‘धरहरा’ ठडियो

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन


सीता पौडेल (अर्चना)

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढालेको ऐतिहासिक धरोहर/काठमाडौंको शान सम्पूर्ण नेपालीकै पहिचान बोकेको धरहरा पुनः ठडिएको छ ।

६ वर्षपछि पुनर्जीवन पाएको नवनिर्मित २५ तल्ला अग्लो धरहराको आज शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नवनिर्मित धरहरा जमीनमुनि २ तला, सतहमा १ तल्ला र बाँकी २२ तल्लासहित  २५ तल्ला अग्लो बनाइएको छ  भने यसको उचाइ ८३.८५ मिटर रहेको प्रधिकरणले जनाएको छ।

लोकतन्त्र दिवसको अवसर पारेर  उद्घाटन गदै प्रधानमन्त्री ओलीले पहिला धरहरामा राखिएको शिलालेख अनावरण गरे त्यसपछि उनी धरहराको बालकोनीमा पुगे र त्यहाँबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गरे अनि लिफ्टबाट २०औं तलामा रहेको बालकोनीमा पुगे र पुष्प वृष्टि गरे ।

 

‘मै बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण  जिम्मा लिएको थियो । जिम्मा लिएको करिब साढे दुइ वर्षमा धरहराको पूनःनिर्माण सम्पन्न भए पनि त्यसका अन्य संरचनाहरु निर्माणका काम अझै बाँकी भएको र तिब्र रुपमा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले  बताएका छन्। उनका अनुसार धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा बढी लागत अनुमान गरिएको र कोषबाट अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ ।

धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइनसकेको बताइएको छ । त्यसैले सरकारले धरहराबाट देखिने सुन्दर दुश्यावलोकन गर्न भने अझै केही समय धैर्य गर्न सबैलाई अनुरोध गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##आज उद्घाटन, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545