Techie IT
आईतबार, वैशाख २८,२०८२

एमाले नेताहरूको कार्यविभाजन : काठमाडौको ईन्चार्ज कृष्ण गोपाल श्रेष्ठ , सहईन्चार्जमा कृष्ण राई


बैशाख १० । सत्तारुढ नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको कारण माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिएन । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेपाल समुहमा रहेका नेताहरु पार्टीको मूलधारमा फर्किएपछि उपर्युक्त जिम्मेवारी दिइने जानकारी दिनुभएको छ । बैठकले नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा जिम्मेवारी हेरफेर गरेको हो ।

 

नयाँ जिम्मेवारीअनुसार अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन । यसैगरी विष्णु पौडेल संगठन विभाग प्रमुख र रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ ।

स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन ।

यस्तै काठमाडौ जिल्लाको ईन्चार्ज कृष्ण गोपाल श्रेष्ठ रहेका छन भने सहईन्चार्ज मा कृष्ण राई रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले नेताहरूको कार्यविभाजन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545