बालुवाटारमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरू

सीता पौडेल (अर्चना)
काठमाडौं । नेकपा एमाले १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यहि वैशाख ६ गतेको बैठकबाट निर्णय गराएर नेता माधव नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका चार जना सांसदलाई स्पष्टीकरण सोधेका थिए ।
आजको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले बुझएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने, नेताहरुको कार्य विभाजन, उपनिर्वाचन, प्रदेश सरकारलगायतबारे छलफल गर्ने लगायतका कार्यसूची तय गर्ने तयारी भएको नेकपा निकटका नेताहरुले बताएका छन् ।
कर्णाली प्रदेशका पाँच जना सांसदहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाउन पार्टीको ह्वीप उल्लघंन फ्लोर क्रस गरेर शाहीको पक्षमा मतदान गरेका थिए । सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##आयोजक कमिटीको बैठक, ##नेकपा एमाले १० औँ महाधिवेशन, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्