थप २४४८ जनामा कोरोना पुष्टि , पाँचको मृत्यु
थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ । थप दश हजार एक जनाको पिसिआर परीक्षण तथा ४४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या दुई लाख ९२ हजार १५२ जना पुगेको छ ।
हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र एक हजार १७४ जना रहेका छन् । काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो समय रुपन्देहीमा १२५, मोरङमा ११३, पर्सामा ७९, कैलालीमा ७३, पाल्पामा ४२, कञ्चनपुरमा ३७, सुनसरीमा ३६, बर्दियामा ३१, कास्कीमा ३१, मकवानपुरमा ३०, कपिलवस्तुमा २७, दाङमा २३, चितवनमा २२, काभे्रपलाञ्चोकमा १७, स्याङ्जामा १४, नुवाकोटमा १२ तथा गुल्मीमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोनाबाट पाँचको मृत्यु नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय पाँच जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्