Techie IT
शुक्रबार, वैशाख २६,२०८२

प्रधानमन्त्री ओली र नेता नेपाल बीचको भेटवार्ता सकियो , वार्ता सकारात्मक


काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । वार्तापछि उनीहरु नागपोखरीस्थित मेरियट होटलबाट बाहिरिएका छन् । उनीहरुले सो भेटबारे कुनै प्रतिक्रिया दिएका छैनन्  ।

पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा उनीहरूबीच छलफल भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन ।

यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए । ।

उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् ।

उनीहरुबीच करिब डेढ घण्टा वार्ता भएको थियो ।

दुवै हँसिलो मुद्रामा बाहिर निस्केका कारण छलफल सकारात्मक भएको अनुमान गरिएको छ भने प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले वार्ता सकारात्मक भएको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओली र नेता माधव नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545