Techie IT
शुक्रबार, वैशाख २६,२०८२

तारकेश्वरको दुःख : रारा भ्रमणको नाममा १० लाख बढी रकम खर्च, सामान्य कार्यक्रम गर्न धुलीखेलमा डिनर पार्टी


काठमाण्डौं । स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी करिब तिन वर्षको दौरानमा न्यूनतम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनता मात्र नभई कर्मचारी, वडा कार्यपालिका सदस्य र वडाअध्यक्ष र सल्लाहकार समेतले असन्तुष्टि जनाउदै आएको बेला तारकेश्वर नगरपालीका जनप्रतिनिधि र कर्मचारीहरु सरकारी पैसा सिध्याउन बिभिन्न बहानामा भ्रमणमा कुंदीरहेका छन् ।

 

कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा दुई साता अघि रारा भ्रमणको नाममा १० लाख बढी रकम खर्च गरेर काठमाण्डौं र्फकिएका मेयर रामेश्वर बोहरा, उपमेयर भवानी डोटेल, प्रमुख प्रशासकिय अधिकृत , बिभिन्न तहका कर्मचारी , वडा अध्यक्ष सहितको टोली फेरी अर्को बहानामा काभ्रेपलाञ्चोकमा रात्री भोज गरेर र्फकिएका छन् ।

स्थानीयले बिकासको बजेट माग गर्दामा दिन अस्वीकार गर्ने नगरपालीका जनप्रतिनिधि र कर्मचारीहरुले भ्रमण, सेमिनार, गोष्ठीको नाममा लाखौं सिध्याँउदै आइरहेका छन् । यति सम्मकी उच्च ओहदाका कर्मचारी र जनप्रतिनिधिहरुले बिभिन्न महंगा रेष्टुरेन्टमा खाएका रक्सीको बिल भुक्तानी समेत शिर्षक मिलाएर नगरपालीका मार्फत भुक्तानी हुने गरेको पाइएको छ ।
भ्रमणको नाममा मनोरञ्जन पनि लिन पाइने र भ्रमण भत्ता समेत पाइने भएकाले नगरपालीकाले यस्ता कार्यक्रमहरुलाई विशेष प्राथमीकतामा राखेको छ ।

रारा भ्रमणको नाममा १० लाख बढी रकम सिध्याएको दुई साता नबित्दै तारकेश्वर नगरशिक्षाको कार्ययोजना तयार गर्ने नाममा काभ्रेको महंगो होटलमा कार्यक्रम गरेर फेरी लाखौं खर्च गरिएको छ ।

दोस्रो चरणको कोरोना महामारीले आक्रान्त पारिरहेको अवस्थामा बिभिन्न रणनीतिहरु तयार गर्नुपर्ने नगरपालीकाका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्षहरु गैरजिम्मेवार बनेर भ्रमणमानै दौडीरहेका छन् ।

रारा भ्रमणमा कर्मचारी र जनप्रतिनिधिहरु सहित पुगेको नगरपालीकाको टोलीले काभ्रेमा भने आफ्नो पार्टी नजिकका नीजि विद्यालय र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई लिएर शिक्षाको नीति निर्माण गर्ने नाममा रिसोर्टमा लाखौं खर्चीएको छ ।

मेयर निकट श्रोतका अनुसार रारा भ्रमणमा पार्टी कार्यकर्ता, जनप्रतिनिधि र कर्मचारीहरुलाई मात्र लगेका कारण शिक्षकहरुले घुम्न लैजान प¥यो भन्दै नगरपालिकालाई दबाब दिँदै आएका थिए ।

तारकेश्वर नगरशिक्षा शाखाका प्रमुख होमनाथ न्यौपानेले तारकेश्वर नगर शिक्षा समितिका पदाधीकारी, निजी, संस्थागत र सामुदायीक विद्यालयका पदाधीकारी सहित १५ जनाको टोली धुलीखेल गएको स्वीकार गरे ।

न्यौपानेले धुलिखेलमा तारकेश्वरको शिक्षाको आवधीक योजना, दरबन्दी मिलानको बिषयमा तथा कोरोना संक्रमण बढीरहेको अवस्थामा कसरी स्कुल सञ्चालन गर्ने लगायतका बिषयमा छलफल भएको बताए ।

यस्ता बिषयमा छलफल गर्नका लागि तारकेश्वर नगरपालीकाको आफनै सभा कक्ष छ तर ति सभाकक्षमा कार्यक्रम नगरी सरकारी पैसा सिध्याउन तारकेश्वर नगर शिक्षा समिति काभ्रे हानीएको हो । नयाँ ठाँउ घुम्न पनि पाइने र रमाइलो पनि हुने भएकाले कर्मचारी र जनप्रतिनिधिहरु यस्ता सामान्य कार्यक्रमहरु पनि नगरपालीकाको हलमा नगरी बाहिर बाहिर गर्ने गरेका छन् ।

भ्रमण, सेमिनार र गोष्ठीको नाममा लाखौं खर्च गरिएको बारेमा प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले अनुत्पादक क्षेत्रमा खर्च भएको बारे महसुस भएको बताँउदै आगामी दिनमा त्यस्ता कार्यक्रमहरुलाई बिस्तारै कम गरिदै लगिने बताए । नगरपालीकाका बिभिन्न शिक्षा, स्वास्थ्य लगायतका शाखाहरु, वडा कार्यालयहरुले समेत भ्रमण र गोष्ठीका लागि भन्दै नगरकार्यपालीकाबाट लाखौं रुपयाँ पास गराएका छन् । नगरपालीकाका एक कर्मचारीका अनुसार यसै आर्थिक बर्ष भित्र यस्ता अझै दुईचारवटा भ्रमण र गोष्ठीका कार्यक्रमहरु गर्न बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरको दुःख : घुमफिरमै लाखौं सिध्याइयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545