लुम्बिनीमा मन्त्री बनेका ४ सांसदलाई फिर्ता हुन जसपाको निर्देशन

काठमाडौँ, ६ वैशाख । लुम्बिनी प्रदेशमा नयाँ मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा) पार्टीका सांसदलाई सरकारबाट फिर्ता हुन पार्टीले निर्देशन दिएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै जसपाले निर्णय विपरीत लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएको भन्दै ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले जारी गरेको विज्ञप्तिमा नवनियुक्त मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिँदै स्पष्टीकरण माग गरेका हुन् ।
चित्तबुझ्दो स्पष्टिकरण नभए पार्टीबाटै निष्काशन गरिने उल्लेख गरिएको छ ।
यता, जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले जसपा नेपालका नव नियुक्त मन्त्रीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिइरहेका छन् ।
यसरी हेर्दा जसपाको एउटा पक्षले प्रधानमन्त्री केपी ओलीसँगै सहकार्य गरेर अघि बढ्ने आकांक्षा राखेको बुझिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लुम्बिनीमा मन्त्री बनेका ४ सांसद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्