काठमाडौं लगायत प्रमुख शहरहरुका विद्यालय केही अवधिका लागि बन्द

काठमाडौं, ६ वैशाख । सरकारले काठमाडौंलगायत प्रमुख शहरहरुका विद्यालय केही अवधिका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय सरकारले गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण तथा रोकथामका लागि एक महिना विद्यालय बन्द तथा रात्रीकालीन व्यवसाय बन्द गर्नुपर्ने प्रस्ताव गरेको छ ।
तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद् बैठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्