Techie IT
शुक्रबार, वैशाख २६,२०८२

सोमबारको मन्त्रिपरिषद बैठक निष्कर्ष: तत्काल कुनै पनि क्षेत्र बन्द नहुने


काठमाडौं ।सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द नहुने निश्कर्ष निकालेको छ । सरकारले कोरोना संक्रमणको परिस्थिति हेरेर मात्र लकडाउन र शैक्षिक संस्था बन्दको निर्णय लिने बैठकको निश्कर्ष छ ।

बैठकले मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको भएता पनि स्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने र परिस्थिति हेरेर मात्र निर्णय लिने निश्कर्ष निकालेको हो ।

सीसीएमसीले कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो । सीसीएमसीको सो प्रस्ताव उपर छलफल गर्न  सरकारले लगत्तै सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:16 am6:43 pm +0545