काठमाडौं विश्वकै वायु प्रदूषित शहरको १ नम्बर सूचीमा

काठमाडौं, २३ चैत। केहि दिन सुधार आएको वायु प्रदूषण फेरी बढेको छ । काठमाडौं उपत्यकासहितका केही शहरहरुमा पुनः वायु प्रदूषण ह्वात्तै बढेको हो ।
आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। आज काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई पुगेको छ। यो अवस्था स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ ।
त्यसैगरी चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० एक्युआई भन्दामाथि पुगेको छ। काठमाडौंको आकाशलाई आज बिहान तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन।
काठमाडौं उपत्यकाको पारदर्शिता (भिजिबिलिटी) १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसअघि पनि काठमाडौंको बायुमण्डललाई करिब एक सातासम्म तुवाँलोले ढाकेको थियो। तुवाँलो लाग्नुको मुख्य कारण देशका विभिन्न भेगमा लागेको डढेलो रहेको विभागले जनाएको छ ।
वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्