सत्यको बाटोमा हिंड्न सधैं झकझकाइरहनुहोस्,सम्पुर्ण नागरिकको शिर ठाडो हुने गरि काम गर्ने छु :मन्त्री अर्याल

सीता पौडेल
काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री पद्यमा कुमारी अर्यालले जस्तोसुकै परिस्थितिमा पनि सत्यको बाटोमा हिडिरहने र नागरिकको शिर ठाडो हुने गरि काम गरिहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
शनिबार ‘पेलाकोट काठमाडौं सम्पर्क समाज (साविक)’ को पाँचौं अधिवेशनलाई सम्बोेधन गदै उनले भनिन , ‘ गलत पथमा लाग्ने सोच कहिले नआओस, सत पथमा हिड्न सम्पुर्ण नागरिकले मलाई प्रेरणा दिनुहोस्, नागरिकको शिर ठाडो पार्ने गरि काम गरेकी छु,गरिरहने छु र त्यसमा पनि अरुले भन्दा पृथक काम गरेर देखाउने अभियानमा छु यसमा तपाइंँको साथ , सहयोग र हौसलाको निरन्तरताको खाँचो छ ।’
मन्त्री व्यक्तिगत स्वार्थ र सत्ता लोलुप्ताका लगि नहुने भन्दै मन्त्री अर्यालले मन्त्री भएपछि आफूमा पार्टीको मात्र नभइ सबै नागरिकको हित र समृद्ध मुलुक बनाउने जिम्मेवारीपन तथा सेवाभाव महसुस भएको धारणा व्यक्त गरिन।
साथै उनले स्याङ्गजाका प्रत्येक गाँउगाउँमा होमस्टे सञ्चालन गर्ने ,त्याहाँका लोकल खाना र खेतीलाई बढाव दिने गरि कृषि क्षेत्रको विकास गर्ने र स्याङ्गजालाई पर्यटकिय गन्तव्यकोरुपमा विकास गर्ने कुरामा जोड दिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##मन्त्री पद्यमा कुमारी अर्याल, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्