प्रभावित सिस्डोल क्षेत्रको पूर्वाधार विकासमा कामपाले तीन /तीन करोड दिने सहमती
एक हप्तादेखि थुप्रिएको फोहोर आजदेखि उठाइँंदै

सीता पौडेल
काठमाडौं । प्रभावित क्षेत्र सिसडोल बासीको विविध मागका कारण एक हप्ता अघिदेखि नउठेकोको काठमाडौंको फोहोर शुक्रबारदेखि उठाइने भएको छ । शुक्रबार नै सहमतिको मस्यौदा तयार पारी हस्ताक्षर गरेर फोहोर बोकेका गाडीलाई आजैबाट सिसडोलमा जान दिने गरी सहमति भएको कामपाको बातावरण विभाग प्रमुख हरि कुमार श्रेष्ठले बताए ।उनका अनुसार प्रभावित क्षेत्रको सरकारद्धारा अधिकरण गरिने समेत सहमति भएको छ । अधिकरण पश्चात त्यस क्षेत्रका बासिन्दाले सम्भावित वा चाहेको ठाउँमा बसाई सर्ने अवसर प्राप्त गर्ने छन्।
त्यस्तै सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकालाई पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन /तीन करोड दिने सहमती भएको काठमाडौंं महानगरमा प्रवक्ता तथा वडा नम्बर १५का वडा अध्यक्ष ईश्वरमान डंगोलले बताए ।
प्रवक्ता डंगोलका अनुसार प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दीको व्यवस्था भएपछि स्वतः हट्ने गरी तत्कालका लागि काठमाडौं महानगरपालिकाले प्रावि ,मावि र निमाविका गरि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न बजेट अनुदान दिने समेत सहमति गरेको छ ।
त्यस्तै प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमतिका साथमा तत्कालका लागि एउटा एम्बुलेस समेत दिने सहमति भएको प्रवक्ता डंगोलले बताए ।
सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर उठाउन अवरोध गर्दै आएका थिए ।
महानगरको ठूलो चिन्ताको विषय बन्दै आएको फोहोर व्यवस्थापनमा सिस्डोलबासीका विभिन्न समयमा विविध मागका कारण झनै चिन्ताको विषय बनेको हुँदा विकल्पको रुपमा बञ्चरेडाँडालाई दीर्घकालीन डम्पिङ साइट बनाउने योजना पनि सफल हुँन सकेको छैन् । जसका कारण काठमाडौंको फोहोर व्यवस्थापनमा सधैं समस्या भइरहेको र स्वच्छ ,सफा ,सुन्दर र हराभरा काठमाडौं बनाउने काठमाडौं बासीको सपना पटक पटक तुहिनु निकै दुःखको कुरा हो । तसर्थ महानगरले यसको दिर्घकालिन समाधानमा ध्यान दिइ सचेत भएर लाग्नु आवश्यक छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##कामपाले तीन /तीन करोड दिने, ##सिस्डोल, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्