उपत्यकाको कोरिडर सडक व्यवस्थापनमा ट्राफिक सिएमटी टोली परिचालन
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोलीलाई परिचालन गर्ने भएको छ । महाशाखाले बुधबार एक कार्यक्रमको आयोजना गरि कोरिडोर सडक व्यवस्थापन टोली परिचालन गर्न लागेको बताएको हो ।
उपत्यकाका मुख्य कोरिडोरहरु विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउने गरि कार्ययोजना निर्माण गरिएको महाशाखाले जनाएको छ ।
बुधबारदेखि उल्लेखित कोरीडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरेको बताइएको छ ।टोलीको करिडोर सडकमा मोटरसाईकलमा निरन्तर अनुगमन गर्नेछ ।
महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार यसबाट कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन गर्न सजिलो हुनुका साथै सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने सहयोग पुग्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोरिडोर सडक व्यवस्थापन, ##ट्राफिक सिएमटी टोली परिचालन, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्