Techie IT
शुक्रबार, वैशाख २६,२०८२

उपत्यकाको कोरिडर सडक व्यवस्थापनमा ट्राफिक सिएमटी टोली परिचालन


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोलीलाई परिचालन गर्ने भएको छ । महाशाखाले बुधबार एक कार्यक्रमको आयोजना गरि कोरिडोर सडक व्यवस्थापन टोली परिचालन गर्न लागेको बताएको हो ।

उपत्यकाका मुख्य कोरिडोरहरु विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउने गरि कार्ययोजना निर्माण गरिएको महाशाखाले जनाएको छ ।

बुधबारदेखि उल्लेखित कोरीडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरेको बताइएको छ ।टोलीको करिडोर सडकमा मोटरसाईकलमा निरन्तर अनुगमन गर्नेछ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार यसबाट कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन गर्न सजिलो हुनुका साथै सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने सहयोग पुग्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##कोरिडोर सडक व्यवस्थापन, ##ट्राफिक सिएमटी टोली परिचालन, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545