घाँस काट्न गएका सात बेपत्ता बालिका भारत बिहारमा फेला

प्रदेश २ स्थित महोत्तरीको भंगहा–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत बिहारको सीतामढीमा फेला परेका छन् ।
उनीहरू सीतामढीबाट घर ल्याउन लागिएको भंगहाका मेयर संजिव साहले बताए । अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साहसहितको टोली धर्मपुर बस्ती पुगेका छन् ।
‘उनीहरू भारत बिहारको सीतामढीमा फेला परेका छन् । घर ल्याउन लागिएको मेयर साहले बताएका छन ।
स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।
अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । रिया र ज्योतिकक्षा – ८, सीमा र नगिना कक्षा ७, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालिका भारत बिहारमा फेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्