फागु पूर्णिमाको दिन मनाइने सङ्कटा जात्रा सम्पन्न

काभ्रे। काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको छ । नगरभित्रका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुकापख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने गरिन्छ ।
यस वर्ष पनि विगतमा झैँ भिन्तुना ग्रुप पनौतीको अगुवाईमा जात्रालाई निरन्तरता दिइएको हो । बेलुकीपख पनौतीको सङ्कटा भवानीको मन्दिरमा पुगेर जात्रा समापन गरेपछि पनौती आसपासका ठाउँमा खेलिने गरेको होली पर्व सम्पन्न भयो भन्ने सङ्केतका रूपमा सो जात्रा मनाइँदै आएको भिन्तुना ग्रुप पनौतीका अध्यक्ष प्रवीण कर्माचार्यले बताए । विशेषगरी नेवार समुदायको प्रधानाङ्गहरुको अगुवाईमा मनाइने गरेको सो जात्रा पछिल्लो समयमा पनौतीका नेवार समुदायका सबैले मान्ने गरेको उनको भनाइ छ । “प्रधानाङ्गको अगुवाइमा परम्परागतरूपमा चल्दै आएको जात्रा केही वर्षदेखि रोकिएपछि भिन्तुना ग्रुपको अगुवाइमा मनाउँदै आएका छौँ”, उनले भने, “सबै मिलेर पुनः शुरु गरेको यो दशौँ पटकको जात्रा हो ।”
पनौती नगरपालिकाअन्तर्गत जात्रा तथा पर्व मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले सामूहिकतामा जोड दिएर नगरभित्र व्यवस्थित गर्दै मनाइँदै आएको जात्रामध्येको सङ्कटा जात्रा पनि एक भएको बताए। नगरभित्र मनाइने जात्रा नगरको सांस्कृतिक, धार्मिक र परम्परागत पहिचानको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेकाले नगरपालिकाकै समन्वयमा व्यवस्थापन समिति नै गठन गरी जात्रा मनाउँदै आएको उहाँको भनाइ छ ।
उनका अनुसार वर्षमा ६६ वटा जात्रा तथा पर्व मनाइने गरिन्छ । नगरपालिकाले जात्रा तथा पर्व मनाउनलाई वार्षिक रु ३५ लाख बजेट छुट्याउँदै आएको छ । “जात्रालाई व्यवस्थित गरी मनाउनका लागि नगरपालिकाले छुट्याएको बजेटबाट जात्रामा समुदायको उपस्थिति र लाग्ने खर्चको आधारमा व्यवस्थापन गरी जात्रा तथा पर्व मनाउँदै आएका छौँ”, उनले भने, “जात्रामा रमाइलो हुनेभएपछि सङ्कटा जात्रामा पनौतीका चेलीबेटीहरुको उपस्थिति धेरै हुने गरेको छ ।”
क्याटेगोरी : समाचार
ट्याग : ##सङ्कटा जात्रा सम्पन्न, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्