Techie IT
बिहीबार, वैशाख २५,२०८२

प्रधानमन्त्री र सभामुखबीच छलफल : गतिरोध अन्त्यको अपेक्षा


प्रतिनिधिसभालाई प्रभावकारी र जीवन्त बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बाालुवाटारमा आज भएको छलफलमा उहाँहरूबीच सङ्घीय संसद्मा विचाराधिन रहेका महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो ।

प्रतिनिधिसभालाई कसरी जीवन्त र जनमुखी बनाउन सकिन्छ भन्ने बारेमा उहाँहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच प्रतिनिधिसभाको बैठक सञ्चालनको समग्र प्रक्रियाबारे कुराकानी न्यौपानेले उल्लेख गर्नुभयो । गत फागुन ११ गते प्रतिनिसभाको पुनःस्थापना भए पनि हालसम्म बैठक महत्वपूर्ण कार्यसूचीमा प्रवेश गरेको छैन ।

हिउँदे अधिवेशनलाई विशेष गरी विधेयक अधिवेशनका रुपमा लिइन्छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गतेका लागि बोलाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री र सभामुखबीच छलफल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545