बुढानिलकण्ठमा विपद् जोखिम प्रतिकार्यमा अपाङ्गगता समाववेशीकरण कार्यक्रमको शुभारम्भ

सीता पौडेल
काठमार्डौ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा विपद् जोखिम प्रतिकार्यमा अपङ्गता कार्यक्रमको शुभारम्भ भएको छ । बुधबार बुढानिलकण्ठको चपलि चोकमा रहेको संगम स्विटको एक सभाहलमा सो शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।
युएसएआडीको सहयोगमा राष्ट्रिय अपाङ्ग पुनस्थापना केन्द्र नेपाल (एनआरसिडि)ले ‘विपद् जोखिम प्रतिकार्यमा अपाङ्गगता समावेशीकरण’भन्ने विषयमा शुभारम्म गरेको सो कार्यक्रम योसँगै काठमाडौंका २ वटा नगरपालिका र नवलपराससीका २ वटा नगरपालिका गरि जम्मा ४ वटा नगरपालिकामा शुभारम्भदेखि १० महिनासम्म सञ्चालन गर्ने बताइएको छ ।
कार्यक्रममा आयोजक एनआरसिडिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले समावेसिकरण रआपङ्गगताका सवालहरुमाथि प्रकाश पारे । अध्यक्ष ढुङ्गानाले सार्वजनिक सेवाप्रवाह गर्ने सुन्दर भवनहरु अपाङ्गमैत्री बन्न नसकेकोमा दुःख व्यक्त गदै स्थानिय सरकारका नीतिनियममा नै समेटेर अपङ्गगतामैत्री नगरपालिका बनाउनु पर्ने कुरामा जोड दिए । व्यक्ति आफैंमा अपाङ्ग हुँदैन भन्दै अध्यक्ष ढुङ्गानाले अपाङ्गता दैनिक जीवनमा हुने कठिनाइको अवस्था रहेको बताए । उनले भने,अपाङ्गता एउटा कठिन अवश्था हो ,व्यक्ति होइन,अपाङ्गता भएका व्यक्तिलाई दया र माया भन्दा बढी मौका र अवसर दिने हो भने जस्तासुकै काम गर्न पनि सक्छन् ।’
यसैगरि कार्यक्रममा बुनपाका नगर प्रमुख उद्धव खरेलले अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानिय सरकारले सर्धै सहयोग र सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उलले यस्ता विषयमा नगरपालिका सधैं प्रतिबद्ध रहेको बताए ।विपद बाजा बजाएर नआउने भन्दै प्रमुख खरेलले जो कोही जुन सुकैबेला अशक्त बन्न सक्ने हुँदा अपाङ्गतालाई सम्मानपूर्ण समान अवसर तथा सेवा सुविधा प्रदान गर्नु राज्यको दायित्व भएको बताए ।
त्यस्तै कार्यक्रममा बुनपाका जनस्वास्थय शाखा प्रमुख कुमार प्रसाद दाहालले अपाङ्गता सहयोगी सामाग्रीहरुलाई प्रत्येक वडामा स्टक/वचाउ गरेर राख्नु पर्ने आवश्यक्ता औंल्याउँदै यसो गर्नाले विपदका बेला तत्काल उद्धार गर्न सकिने बताए ।
यस्तै कार्यक्रममा बुनपा ३ का वडा अध्यक्ष बालकुष्ण श्रेष्ठले अङ्गगताका सवाल र समावेसीकरणमा ध्यान दिई सार्वजनिक सेवाप्रवाह हुने स्थानमा कम्तिमा २ जना व्यक्तिलाई भए पनि कर्मचारीको रुपमा राख्ने वातावरण तायार हुनु पर्ने कुराको आवश्यक्ता औंल्याए ।
विपद् व्यवस्थापन सम्बन्धी कार्यविधिमा अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेको हुनाले अब बोलेर भन्दा यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई काम गरेर देखाउने आवश्यक्ता रहेको बुनपा विपद् शाखा प्रमुख दुर्गा कार्कीको भनाई छ ।कार्यक्रममा
कार्यक्रमका संयोजक सुरक्षा शर्माले विपत प्रतिकार्यमा सूचनाको ठुलो महत्त्व रहने भन्दै विपद् जोखिम प्रतिकार्यमा अपाङ्गता समावेशीकरण गर्न नीतिनियम र कार्यान्वयनसँगै सूचनामा उनिहरुको पहूँच गराउनु हामी सबैको दायित्व भएको बताइन्।
क्याटेगोरी : समाचार
ट्याग : ##एनआरसिडि, ##विपद् जोखिम प्रतिकार्यमा अपङ्गता कार्यक्रमको शुभारम्भ, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्