Techie IT
बिहीबार, वैशाख २५,२०८२

मनकामना केवलकार चैत्र १२ गते बिहीबार बन्द रहने :नायब महाप्रबन्धक शेरचन


सीता पौडेल
गोर्खा ।चितवन कुरीन्टार हुदै गोर्खा मनकामना जाने  मनकामना केवलकार सेवा भोली १२ गते बिहीबार एक दिनका लागि बन्द हुने भएको छ ।मनकामना केवलकार दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मत सम्हारका लागि सो दिन बन्द रहने र १३ गतेदेखि पुनः सञ्चालनमा रहने छ । कोरोना भाइस (कोभिड १९)का कारण लामो समयसम्म बन्द भएको केबुलकार सेवा र मनकामना मन्दिर गत मंसिर २८ गतेदेखि सञ्चालनमा आएको नायब महाप्रबन्धक शेरचनले बताए ।

स्वास्थयका मापदण्ड (मास्क, स्यानिटाइजर र सामाजिक दूरी )को पूर्ण पालना गर्ने पहलकासाथमा पुनः सञ्चालनमा आएको मनकामना दर्शन सेवामा पछिल्ले समय दर्शनार्थीको निकै चाप बढ्दै गएको महाप्रबन्धक शेरचनले जानकारी दिए । उनले भने,  ‘कोरोना कहरपछि पुनः सञ्चालनपश्चात दर्शनार्थीको संख्या निकै बढेको छ तसर्थ सामान्यतः ९ बजेदेखि सञ्चालन हुने केवलकार सेवा भीडभाडको बेला साढे ६ बजेबाट नै सञ्चालन गर्न थलिएको छ ।

विशेषत देवीलाई भोग नढाइने औसी जस्ता  दिनहरुमा दर्शनार्थीको चाप कम हुन्छ । सरदर दैनिक १५ सय देखि २ हजारको संख्यामा दर्शनार्थीहरु आउने गरेको पाएका र्छौ , दशैजस्त विशेष अवसरमा भने यो  संख्यामा बृद्धि भइ  झण्डै ४ हजारदेखि ४५ सयसम्म पनि पुग्ने गरेको छ । ’धरै चाप भएको बेलामा पनि करिब २ देखि साढे तीन घण्टाभित्रमा दर्शन गरेर सकिने व्यवस्था मिलाएको नायब महाप्रबन्धक शेरचनको भनाइ छ ।

मनकामना दर्शन प्रालिद्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो । कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशनका उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रतिसेकेन्ड रहेको छ । ६ जना व्यक्ति प्रतिडब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्ने प्रालिले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ## एक दिन बन्द रहने, ##मनकामना केवलकार, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545