सामुदायिक रेडियोलाई जिम्मेवार ,जवाफदेही र पारदर्शाी बनाउन आवश्यक :मन्त्री पार्वत गरुङ्ग

सीता पौडेल
काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोलाई, जिम्मेवार ,जवाफदेही र पारदर्शाी बनाउनु पर्ने आवश्यक्ता रहेको बताएका छन् ।मिडियलाइ राजनीतिक तथा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नहुने भन्दै मन्त्री गुरुङ्गले सामुदायिक रेडियोहरुलाई समुदायप्रति उत्तरदायी बन्न आग्रह समेत गरेका छन् ।
सोमबार सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब )नेपालको २० औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सामुदायिक रेडियो, नीतिगत बहस’ विषयक अन्तक्रिया गोष्ठीलाई सम्बोधन गदै मन्त्री गरुुङ्गले केही सामुदायिक रेडियोले समाजमा सकारात्मक परिवर्तनका विषय भन्दा राजनीतिक प्रचारका विषयलाई प्राथमिकतामा राखेर प्रशारित भएकोमा मन्त्रालयको आपत्ति रहेको बताए ।
कतिपय सामुदायिक रेडियोले स्थापनाको उद्देश्यलाई प्राथमिकतामा नराखी कार्यक्रमहरु प्रशारण गरेको पाइएकाले यसका विषयबस्तुबारे समिक्षा गर्नु पर्ने टडकारो आवश्यकक्त रहेको उनको भनाइ छ। साथै उनले रेडियो फिक्वेन्सीमा देखिएको समस्या समाधानका लागि अब छिट्टै ‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ ल्याइने कुराको स्पष्ट पारे ।
२०५७ साल चैत ९ गते सामुदायिक रेडियोको हकहितका लागि स्थापना भएको छाता सङ्गठन अकोराबमा अहिले ७७ वटै जिल्लाका ३६० सामुदायिक रेडियो आबद्ध छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##अकोराब )नेपालको २० औँ स्थापना दिवस, ##मन्त्री पार्वत गरुङ्ग, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्