Techie IT
बिहीबार, वैशाख २५,२०८२

महान्यायाधिवक्ताअग्निप्रसाद खरेलद्वारा राजीनामा


काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले शुक्रवार महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्।

महान्यायाधिवक्ता  खरेललाई २०७४ फागुन ८ गते  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले  नियुक्त गर्नुभएको थियो । गत  फागुनमा खरेलको तीनवर्षे कार्यकाल पूरा भएको हुूँदा राजीनामा दिएका  हुन् । यद्यपि नियममा भने सरकार रहँदासम्म महान्यायाधिवक्ताको कार्यकाल रहने गर्दछ ।

प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू राजनीतिमा क्रियाशील रहिरहने उनले बताएका छन् ।

पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका खरेल दोस्रो संविधानसभामा मनोनीत सभासद समेत बनेका थिए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : ##अग्निप्रसाद खरेलद्वारा राजीनामा, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545