Techie IT
बिहीबार, वैशाख २५,२०८२

नेपाल-खनाल समूहको भेलाद्वारा १७ बुँदे प्रस्ताव पारित


काठमाडौँ,  चैत । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले कार्यकर्ता भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरेको छ ।

भेला समापनपछि सो पक्षले पत्रकार सम्मेलनमा पारित भएको प्रस्ताव पढेर सुनाएको थियो । सो पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा फागुन २८ गरिएको निर्णय फिर्ता लिनुपर्ने भन्दै भेलाको आयोजना गरेको थियो ।

ललितपुरमा चैत ४ र ५ गते दुई दिने भेला आयोजना गर्दै सो पक्षले १७ बुँदे प्रस्ताव पारित गरेको हो ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरे पनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको आरोप लगाए ।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल-खनाल समूहको भेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545