झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर एमालेको संसदीय बोर्ड गठन

सीता पौडेल ,काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर संसदीय दलको बोर्ड गठन गरेको छ। बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । वैठकबाट आज २४ सदस्य मनोनीत भएका छन् भने तीन सदस्य पछि थपेर बोर्डलाई पूर्णता दिइने स्रोतले बताएको छ ।
उक्त बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने गरि खनाल र नेपाल सहित विद्या भट्टराई, छविलाल विश्वकर्मा, दामोदर भण्डारी, विमला राई पौड्याल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, , राधा ज्ञवाली, विन्दा पाण्डे, राजेन्द्र राई, शेरबहादुर तामाङ लगायत २४ सदस्यलाई मनोनीत गरिएको बताइएको छ ।
बैठकले संसदीय दलको विधान संशोधनका लागि शेरबहादुर तामाङ ,विशाल भट्टराई र विमला राई पौड्याललाई समेटेर ३ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमालेको संसदीय बोर्ड गठन, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्