यस्तो छ पशुपतिका चार आयोजना
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा पुनःनिर्माण एवं दर्शन मार्गमा ढुंगा बिच्छ्याउने कामका लागि चार वटा आयोजनाको बोलपत्र स्वीकृत भएको छ ।
पशुपति क्षेत्र विकास कोषको निर्णयबमोजिम दर्शन मार्गमा ढुंगा छाप्न धर्म एस निर्माण सेवा प्रालिलाई छनोट गरिएको छ । यसका लागि रु तीन करोड ३९ लाख ५२ हजार नौ बजेट स्वीकृत भएको छ ।
देवता घर (द्योछें) पुनःनिर्माणका लागि धर्म एस÷गौरी गणेश जेभीको प्रस्ताव स्वीकृत भएको छ । देवता घर पुनःनिर्माणका लागि रु दुई करोड १५ लाख ३० हजार ४०५ बजेट विनियोजन गरिएको छ ।
किराँतेश्वर सत्तल संरक्षण तथा पुनःनिर्माण गर्न प्रेरा÷गौरी गणेश जेभीलाई जिम्मेवारी दिइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सत्तल संरक्षण तथा पुनःनिर्माणका लागि रु तीन करोड ९४ लाख ५० हजार ४५६ बजेट स्वीकृत गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी इँटापाखामा प्रस्तर फलक छाप्न सिएम÷तुल्सी जेभीले ठेक्का पाएको छ । यसका लागि रु दुई करोड २४ लाख १५ हजार ६८६ बजेट विनियोजन गरिएको छ ।
निर्माण व्यवसायीले मूल्य अभिवृद्धि करसहित कबोल गरेको रकमका आधारमा ठेक्का दिइएको कोषले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पशुपतिका आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्