Techie IT
बिहीबार, वैशाख २५,२०८२

२१० वटा स्थानीय तहका केन्द्रसँग जोड्ने सडकको प्रधानमन्त्रि ओलीद्धारा एकैपटक शुभारम्भ


काठमाडौं । प्रधानमन्त्री ओलीले आज स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गर्नुभएको छ ।

आइतबार भर्चुअल कार्यक्रममार्फत एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गर्नुभएको हो । सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक वर्षका लागि ५ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव पेश गर्न भनेको थियो । त्यसमध्ये ३९२ वटा स्थानीय तहले सडक निर्माण र मर्मतको प्रस्ताव पेश गरेका थिए । कतिपयले दोहोरिने गरी कार्यक्रम पेश भएकाले २१० सडक छनोट भएको मन्त्रालयले जनाएको छ ।

आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् । १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाई भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् । २० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।

देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारबाट देशका सबै सडकहरूको एकैपटक उद्घाटन गर्नुभयो । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षा र सुःख सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । कुनै पनि विकास निर्माण नाम मात्रको नभएर जनतालाई सुरक्षित राख्ने र सेवा सुविधा पुर्याउने हिसाबको हुने प्रधानमन्त्री ओलीको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रि ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:17 am6:42 pm +0545