यि हुन एमाले–माओवादी ब्युँतिएसँगै स्वतन्त्र हुने ४६ जना

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचितहरूको भविष्य अन्यौलमा परेका छ ।
नेकपाबाट ४६ जनप्रतिनिधि निर्वाचित भएका छन् । सर्वोच्च अदालत नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई ब्युँताए पनि नेकपाबाट निर्वाचित भएकाहरूको भविष्य के हुने भन्नेबारेमा अन्यौल छ ।
०७६ माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा १६ जना नेकपाबाट विजयी भएका थिए । नारायणकाजी श्रेष्ठ, वेदुराम भुसाललगायतका नेताहरू राष्ट्रिय सभामा निर्वाचित भएका छन् ।
०७६ मंसिर ८ गते कास्की क्षेत्र नम्बर २ सहित प्रदेश र स्थानीय तह गरी ५२ स्थानमा उप–निर्वाचन भएको थियो ।
कास्की क्षेत्र नम्बर २ मा विजयी विद्या भट्टराई नेकपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । दाङको क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’मा विमलाकुमारी खत्रीले जितेकी छिन् ।
स्थानीय तहका तीन अध्यक्ष, एक उपाध्यक्ष र २४ वडाध्यक्ष नेकपाबाटै निर्वाचित भएका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा वीरबहादुर कुरुम्बाङ, संखुवासभाको मकालु गाउँपालिकामा तेजबहादुर पोखरेल, महोत्तरीको पिपरा गाउँपालिकामा विक्रम चौधरी अध्यक्ष र हुम्लाको खापुनाथ गाउँपालिकामा रुपा शाही उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जानकारहरूले नेकपाबाट निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने प्रतिक्रिया दिएका छन् ।
उनीहरूका हकमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ आकर्षित हुने बताइएको छ ।
यो दफाअनुसार कुनै दलको उम्मेदवार नभई स्वतन्त्र रूपमा संघीय संसद् वा प्रदेशसभामा निर्वाचित भएको व्यक्ति कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुनेछ ।
राष्ट्रिय सभामा नारायणकाजी श्रेष्ठ, वेदुराम भुसाल, इन्दिरादेवी गौतम, गोपीबहादुर अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंगाकुमारी बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर रहेका छन् ।
प्रतिनिधि सभामा विद्या भट्टराई र प्रदेश सांसदमा विमलाकुमारी खत्री निर्वाचित भएकी छिन् ।
नेकपाबाट निर्वाचित हुने गाउँपालिकाका अध्यक्षहरूमा तेजबहादुर पोखरेल (मकालु गाउँपालिका, संखुवासभा), वीरबहादुर कुरुम्बाङ (फाल्गुनन्द गाउँपालिका, पाँचथर), विक्रम चौधरी (पिपरा गाउँपालिका, महोत्तरी) र रुपा शाही (खार्पुनाथ गाउँपालिका हुम्ला) रहेका छन् । नेकपाबाट २४ वटा वडामा वडाध्यक्षहरू निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले–माओवादी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्