आउने भयो मेलम्ची ,छाउने भयो खुशी

काठमाडौं । मेलम्चीको खानेपानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झारिने भएको छ । आज दिउँसो आयोजनाको सुरुङबाट सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा पानी झारिने भएको हो । शुरुको पानीमा सुरुङभित्रको फोहोर समेत मिसिएर आउने भएकोले सुरुको पानी आज रातभर बागमती नदीमा बगाइने आयोजनाले जनाएको छ । ।
आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो भने मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङ भित्रको ढोका बन्द गरेर सजगता अपनाइएको थियो । अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन् ।
सुन्दरीजलमा आज आइपुग्ने पानीको आज बेलुका ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा वलीले अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । यो सफल परीक्षणपछि अब तीन महिनाभित्र काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने योजनामा सरकार छ । मेलम्चीको पानी आएसँगै काठमाडौं उपत्यकाभित्र अभाव रहेको खानेपानीको उपलब्धतामा केही सहजता हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : ##मेलम्चीको खानेपानी, ##सुन्दरीजलमा झारिने, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्