Techie IT
बिहीबार, वैशाख २५,२०८२

हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, बरु संगै जाऊ : मधव नेपाल


काठमाडौं । संसद विघटनलाई प्रतिगामी कदमको आरोप लगाउँदै आएको नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुलाई अविश्वासको प्रस्ताव दर्ता गर्न आहृवान गरेका छन् ।

सोमबार बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबैदलहरु मिलेर प्रतिगमनविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्ने धारणा व्यक्त गरे  । साथै आफूहरुले  कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको  बताए ।

साथै उनले  प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको  नरहेको बताए  । उनले भने,  ‘जसलाई सहमति गर्ने हो गरौं, हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन’। ‘कि हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, संगै जाऊ  नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं ।’


क्याटेगोरी : समाचार
ट्याग : ##मधव नेपाल, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:17 am6:42 pm +0545