भरतपुरबाट लागूू औषध सहित दुइ जना पक्राउ
चितवन । चितवन प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको नियमित गस्ती टोलीले शनिबार साँझ सवा ५ बजे भरतपुर महानगरपालिका ११ स्थित प्रगतिपथबाट लागूऔषधसहित एक जना र शुक्रबार राती नारायणगढबााट एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका १२ का ३७ वर्षीय राजकुमार थापा र भरतपुर महानगरपालिका १३ का २२ वर्षीय सुनिल विक रहेका छन् ।
थापा शंकास्पद रुपमा साइकलमा सवार रहेका थिए । उनको साथबाट प्रहरीले डाइजेपाम ११ थान, नुरफिन ११ थान र फेनारगन ११ थान बरामद गरेको थियो भने, अर्का विकलाई शुक्रबार राती साँढे नौ बजे गोप्य सूचनाको आधारमा भरतपुर महानगरपालिका १ स्थित पुलचोकबाट पोखरा बसपार्क जाने सडकको पेटीमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा शरीर खानतलासी गर्दा फेनारगन ८४, डाइजेपाम ८४ र नुरफिन ८४ गरी जम्मा २५२ एम्पुल लागूऔषध बरामद गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई सम्मानित चितवन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहको चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्