कामाद कलेज र कुमारी जबबीच इन्टर्नशीप तालिम तथा रोजगारीसम्बन्धी सम्झौता
काठमाडौंको सुकेधारामा रहेको कामाद कलेज र कुमारी जबबीच इन्टर्नशीप तालिम तथा रोजगारीसम्बन्धी सहकार्य गर्न सहमति भएको छ । सहमति पत्रमा कलेजका सीईओ काशीनाथ खनाल र कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्ज्वल भविश्य निर्माणमा कुमारी जबले महत्वपूर्ण भूमिका खेल्ने सीईओ खनालले विश्वास व्यक्त गरे ।
प्रबन्ध निर्देशक भण्डारीले पनि दुई संस्थाबीचको सहकार्यले उचित तालिम प्रदान गरी विद्यार्थीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै उनीहरुलाई रोजगारको सहजता प्रदान गरिने बताए । सम्झौताअनुसार क्यामेड कलेजमा बीबीए अध्यनरत विद्यार्थीहरुले रोजगारीको लागि प्रयोगात्मक तालिम तथा इन्टर्नसिपका साथै रोजगारीको अवसर पनि पाउनेछन् । यसअन्तर्गत ७औं सेमेस्टरका विद्यार्थीलाई इन्टर्नसिपका लागि प्रयोगात्मक तालिम दिइनेछ र विभिन्न संघसंस्थामा यसका लागि सहजता प्रदान गरिने छ ।
यस्तै ८औं सेमेस्टरका विद्यार्थीलाई रोजगारीका लागि प्रयोगात्मक तालिमसँगै जब मेलाको आयोजना गरीने छ । उक्त मेलामा कम्तिमा १० स्थापित उद्योग संघ-संस्थाले स्वयं उपस्थित भएर अन्तर्वार्ता लिनेछन् । उक्त जब मेलाबाट विद्यार्थीहरुलाई जागिरका लागि छनौट गरिने छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कामाद कलेजमा (Bachelor of Arts in Development Studies- BDevS/Bachelor of Business Administration- BBA) दुई वटा स्नातक तहको अध्यापन गराइन्छ । यस्तै कुमारी जबले ६ वर्षदेखि मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा निरन्तर काम गर्दै आइरहेको छ । यस संस्थाले कलेज र कर्पाेरेटसँग विद्यार्थीहरुलाई जोड्ने गरी विभिन्न तालिम तथा रोजगारीमुलक कार्यक्रम पनि चलाउँदै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कामाद कलेज र कुमारी जबबीच
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्