सवारी दुर्घटना न्युनीकरणका लागी चितवन प्रहरीको सचेतनामुलक र्याली
चितवन । चितवन प्रहरीले सवारी दुर्घटनालाई न्युनीकरणका लागी सचेतनामुलक र्यालीको आयोजना गरेको छ ।
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत आज (शुक्रबार) माडी नगरपालिकामा ईलाका प्रहरी कार्यालय माडी, प्रहरी चौकी कल्याणपुर खैरहनी र श्री खैरहनी मा.वि.को संयुक्त सहकार्यमा वडाका प्रतिनिधी, स्थानीय अभिभावक र खैरहनी मा.वि. का शिक्षक-शिक्षिका तथा विद्यार्थीहरु समेतको आयोजनामा सचेतनामुलक र्यालीको आयोजना गरिएको हो ।

खैरहनी मा.वि.बाट सुरु भएको र्यालीमा झन्डै ४५० जनाको सहभागिता रहेको थियो भने, र्याली सिधुवा चोकसम्म पुगेर सवारी दुर्घटना सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेर दिउँसो तीन बजे समापन गरिएको थियो । पछिल्लोपटक चितवन जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरणमा लिन सचेतनामुलक र्यालीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्