सहकारी साक्षरता तथा वित्तीय व्यवश्थापन तालिम सञ्चालन
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको सहकारी शाखाले सहकारी साक्षरता तथा वित्तिय व्यवश्थापन सम्बन्धि तीन दिने तालिम शुरु गरेको छ ।
बिहीवारदेखिको वडा नम्बर ३ को कार्यालयको एक सभाहलमा तालिम शुचारु भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र हालसालै शुरु भएका ४ वटा बहुउद्देश्यीय सहकारी संस्था र एउटा बचत तथा ऋण सहकारी संस्था गरि ५ वटा सहकारीका करिब ४० जना महिलादिदीबहिनीहरुले निकै उत्सुकताका साथ तालिममा सहभागिता जनाउनु भएको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनु भयो ।
सहकारीलाई व्यवस्थित तवरले कसरी सञ्चालन गर्ने, यसको विस्तार र स्तरोउन्न्तीमा ध्यान दिइ सहकारीको वित्तिय व्यवस्थापनलाई कसरी चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा सहभागीहरुलाई पोख्त बानाउने उद्देश्यले तालिमको आयोजना गरिएको उपप्रमुख डङ्गोलको भनाई छ ।
तालिम हरेक दिन ५ घण्टा ३ वटा चरणमा सञ्चालन भइरहेका नगरपालिकाको सहकारी साखाले जनाएको छ ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #टोखा नगरपालिका, #सहकारी साक्षरता तथा वित्तीय व्यवश्थापन तालिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्