जोशीको तस्विर अंकित हुलाक टिकटमा राष्ट्रपतिद्धारा टाँचा
सत्यमोहन जोशी
काठमाडौ ः आज राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् ।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पार्वत गुरूङले शताब्दी पुरूष जोशीको तस्वीर अंकित हुलाक टिकट एउटा गौरवमय इतिहासको दस्तावेज भएको वताए।
उनले जोशी साहित्यकार, इतिहासकार, आख्यानकार तथा सामाजिक आदर्श व्यक्तित्वको रुपमा सय वर्षिय एक सकृय नायक भएकोले नागरिक तहबाट जीवन कालमै टिकट प्रकाशनमा आएको यो पहिलो भएको विचार व्यक्त गरे ।
सोही अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जोशीको जीवनी माथि प्रकाश पार्दै मातृभाषा र राष्ट्रभाषामा लामो समयदेखि नेपाली लोक सँस्कृति, भाषा, साहित्य तथा कलाको क्षेत्रमा अनवरत शोधकार्यमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै सरकार, हुलाक सेवा विभागले रू। १० दरको दश लाख थान हुलाक टिकट प्रकाशनमा ल्याएको वताए ।
सो कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, काठमाण्डौँ तथा ललितपुर महानगरपालिका प्रमुख लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्