व्युटिसियन तालिम शुरु
व्युटिसियन
काठमाडौँ, १९ माघ ः वेरोजगार युवतीलाई आत्मनिर्भर बनाउनका लागि सहायक व्युटिसियन तालिम दिइएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र वागमती प्रदेश कार्यालय, हेटौडाको आर्थिक सहयोगमा मदन आश्रित स्मृति प्राविधिक शिक्षालय, वागेश्वरी मनोहराद्धारा ३९० घण्टाको व्युटिसियन तालिम रविना व्युटिपार्लर एण्ड टे«निङ सेन्टरमा दिन थालिएको हो ।
मुलुकमा रोजगारीको हक संवैधानिक रुपमा सुनिश्चिता दिइपछि रोजगारीमुखी तालिम संचालन हुँदै आएका छन् ।
तालिम सुलोचना श्रेष्ठ, हेमा मगर, गीता श्रेष्ठ र शर्मिला कोइरालाले दिदै हुनुहुन्छ । तालिमपछि उनीहरुको व्यवसायिक सीप परीक्षण गरेर व्यवसायिक बनाइने छ ।
तालिममाा ४० जना युवती सहभागी रहेका छन् । पार्लरमा विगत १० बर्षदेखि छोटा र लामा व्युटिसियनदेखि सिलाईकटाई तालिम समेत हुँदै आएको छ ।
रविना व्युटिपार्लर विगत दुई दशकदेखि संचालन रहेको छ । पार्लर मीनभवन, पेप्सीकोला टाउन प्यानिङ र भक्तपुर कालोपाटीमा शाखा रहेका छन् ।
पार्लरकी संचालक श्रेष्ठले तालिमपछि आफूले नै पार्लरमा रोजगारी दिने बताउनुभयो ।
क्याटेगोरी : जीवनशैली, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्