भरतपुरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी
चितवन । चितवनको भरतपुर महानगरपालिका ११ स्थित आँखा अस्पताल अगाडी बीच बाटोमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेसँगै अहिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाइपास रोड ( आँपटारीदेखि हाकिमचोकसम्म) का सवारी आवागमनलाइ अहिले अवरुद्ध गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शंकास्पद वस्तु बम हो या हैन भन्ने बिषयमा अहिले नै यहीँ हो भन्ने अवस्था नरहेको बताइएको छ ।
शंकास्पद वस्तु डिस्पोजका लागी अहिले नेपाली सेनासँग समन्वय भइरहेको चितवन प्रहरीले जनाएको छ । यता, आजै शनिबार भरतपुर महानगपालिकास्थित नारायणपुरमा पनि ट्रक तोडफोड भएको छ । गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना. ५. ख. ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा गीतानगरतर्फ जाँदै गरेको ट्रकमाथि अज्ञात समूहले ढुङ्गा प्रहार गरेर भागेको हो ।
सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव माओवादीले शनिबार नेपाल बन्दको आव्हान गरेकोले पनि बिप्लव माओवादीले नै शंकास्पद वस्तु राखिएको र ट्रकमा पनि उसैले ढुंगा हानेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
आफ्ना नेता पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको माओवादीले शनिबार आव्हान गरेको नेपाल बन्दका कारण जिल्लाबाट छुट्ने लामा दूरीका सवारीसाधन सञ्चालन हुने सकेका छैनन् भने, जिल्लाभित्र सञ्चालन हुने स्थानीय रुटका सवारीसाधन, अन्यत्रबाट चितवन हुँदै बाहिरिने सवारीसाधन, निजी सवारीसाधन, मालवाहक ट्रक र अटो भने निर्वाधरुपमा सञ्चालन भइरहेका छन् ।
यता, बिप्लव माओवादीले आव्हान गरेको बन्दलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बताए पनि ढुक्कसँग हिंड्ने अनुभुती भने नरहेको स्थानीयले बताएका छन् । चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार चितवन प्रहरीले बन्दलाई लक्षित गरी मोबाइल पट्रोलिङ, पैदल गस्ती, मोटरसाइकल गस्तीलाई बढाएकोले सवारी साधन निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेपनि भरतपुरमा एक ट्रकमा तोडफोड र शंकास्पद वस्तु नै फेला परिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्