Techie IT
बिहीबार, वैशाख २५,२०८२

प्रतिनिधिसभा विघटनबारे सरकार र राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गर्ने


काठमाडौं, १९ पुस । प्रतिनिधिसभा विघटनबारे सरकार र राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात ५ दिनभित्र पेश गर्न आदेश दिएको थियो ।

राष्ट्रपति कार्यालय स्रोतकाअनुसार कानूनी परामर्श सकिएकाले आज आइतबार दिउँसो जवाफ पेश गर्ने तयारी छ । त्यस्तै सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:17 am6:42 pm +0545