नक्कली मह बेचेर उपभोक्ताहरुलाइ ठगी गर्ने पाँच जना चनौलीबाट पक्राउ
चितवन । नक्कली मह बेचेर उपभोक्ताहरुलाइ ठगी गर्दै आएका पाँच जनालाइ चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बजारमा महको माग उच्च रहेको मौका छोपेर नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर ठगी गर्दै आएका पाँच जनालाइ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको नाम प्रहरीले खुलाएको छैनन् ।
सप्तरी घर भएका उनीहरुले घर भाडामा लिएर मौरीको चाका प्रयोग गरेर गन्धमात्र महको आउने बनाई अन्य पदार्थ मिसावट गरी गाउँगाउँमा नक्कली महलाई सक्कली मह भन्दै बेच्दै आएको भन्ने बिशेष सुचनाको आधारमा हिजो (शनिबार) बिहान ७ बजे इलाका प्रहरी कार्यालय चनौलीबाट सइ रुद्र प्रसाद शर्माको कमान्डमा खटिएको टोलीले चनौली बजार नजीकै रहेको एक घर बाट उनीहरुलाइ पक्राउ गर्न सफल भएको हो ।
उनीहरुको साथबाट प्रहरीले ५० लिटर भन्दा बढी नक्कली मह बरामद गरेको छ भने मह बनाउने स्थानमा मौरीका चाका, चिनी, फिटकिरी, मह जस्तै देखिने पदार्थ समेत भेटिएको छ । पक्राउ परेकालाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । उनीहरुलाई अखाद्य पदार्थ मिसावट अन्तर्गत मुद्दा चलाएर कार्वाही प्रक्रियालाई अगाडी बढाइएको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##नक्कली_मह #चितवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्