टोखामा पछिल्लाे २४ घण्टा मा ४७ जना कोरोना संक्रमण
टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टा मा ४७ जना कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या बढेर ३४९१ जना पुगेकाे छ। हाल सम्म कोरोना भाइरस संक्रमण भएका महिला सख्या १५२२ जना रहेको र पुरूष संख्या १९६९ जना रहेका छन्।
वडा गत विवरण अनुसार कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका महिला सख्या २६ जना रहेको र पुरूष संख्या २१ जना रहेका छन्। भने होम आइसोलेसनमा ४६ जना रहेको र अस्पतालमा १ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। हाल सम्म कोरोना भाइरस संक्रमितहरूले PCR परिक्षण गरेका कुल सख्या ६६१३ जना रहेका छन्।
कुल सम्पर्कमा परिक्षण गरेका हरुको सख्या ४००४ जना पुगेकाे छ। CICT Team ले ४७ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी नगर आइसोलेसन केन्द्रमा २ जना मात्र संक्रमित रहेका छन्। हाल सम्म सेवा प्राप्त गरिसकेका हरुको सख्या भने १५३ जना रहेका छन्।
सक्रिय रहेका संक्रमित संख्या १३२ जना पुगेकाे छ। टोखा नगरपालिकाको विवरण अनुसार हाल सम्म निको हुनेको संख्या भने ३३५० जना रहेका छन्। मृत्यु हुनेको संख्या ९ जना रहेको नगर को तथ्याङ्गकले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण, #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्