कैदी फरार प्रकरण : छानबिन समिती गठन
चितवन । चितवनको भरतपुर कारागारबाट फरार भएका कैदीका बिषयमा छानबिन समिती गठन भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका (डिआइजी) वसन्त कुमार लामाले बिहीबार साँझ फरार भएका कैदी रेशमलाल श्रेष्ठको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयले छानबिन समिती गठन गरेको बताए ।
कैदी फरार भएको घट्नाका सम्बन्धमा हामीले सिनियर अफिसरको कमान्डमा टोली खटाएका छौं । र, टोलीले आजैदेखी नियमित रुपमा काम गर्ने छ । डिआइजी लामाले भने, कैदी फरार भएको घट्नाको बिषयमा अहिले नै यहि हो भन्न मिल्दैन । उनीहरुले बुझाएको प्रतिवेदन अनुसार नै प्रदेश प्रहरी कार्यालय अघि बढ्छ । उनले ड्युटीमा खटिएका प्रहरी कर्मचारी लगायत त्यहाँका अन्य कारागार प्रशासनसँग समेत बुझ्ने काम गर्छ, घट्नामा संलग्न जोकोही भएपनि त्यस्ता प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा कार्वाही हुन्छ । बिभागको नीति नियम अनुसार नै उनीहरु दण्डित हुन्छन् । जवरजस्ती करणीको मुद्दामा गत, साउन २० गतेदेखी कैद भुक्तान गरिरहेका पुर्वी चितवनको कालिका नगरपालिका निवासी बर्ष ४५ को रेशमलाल श्रेष्ठ हिजो (बिहीबार) साँझ सवा पाँच बजेदेखी फरार छन् ।
फरार कैदी अझै भेटिएनन् ।
यता, हिजो बिहिबार साँझदेखी फरार भएका कैदी रेशमलाल श्रेष्ठ २४ घण्टा बितिसक्दा समेत अझै भेटिएका छैनन् । श्रेष्ठ हिजो साँझ सवा पाँच बजेदेखी जिल्ला कारागार कार्यालय परिसर भित्रैबाट फरार छन् । उनी फरार भएलगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले एसपी नान्तीराज गुरुङको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि उनी हालसम्म कहाँ छन् अझै पत्तो छैनन् ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनले तालुक कार्यालयलाई दिएको जानकारी अनुसार दैनिक रुपमा चौरबाट कारागारभित्र कैदीबन्दी संख्या गन्ती गरी भित्र प्रवेश गराउने क्रम्मा कैदी फरार भएको जनाएको छ । स्रोतबाट प्राप्त जानकारी अनुसार फरार रहेका श्रेष्ठको हुलीया बर्ण कालो, होचो कद, खैरो ज्याकेट, ऊनिको चुच्चे टोपी, तलको ट्याकको साईडमा सेतो धर्का भएको ट्याक लगाएको र खाली खुट्टा वा चप्पल लगाएको हुन सक्ने पुरुष व्यक्ति रहेको बताइएको छ ।
सुरक्षार्थ खटिएका प्रहरीलाई कार्वाही भएन ।
कारागारबाट कुनै पनि थुनुवा वा कैदीलाई भगाए या फरार भए जेलरदेखी ड्युटीमा खटिएका प्रहरी कर्मचारीसम्मलाई बिभागीय कार्वाही हुन्छ । तर, चितवनको भरतपुर कारागारबाट फरार भएका कैदी प्रकरणमा भने हालसम्म पनि कसैलाइ कार्वाही गरिएको छैन भने उनीहरुलाई जिम्मेवारीबाट समेत हटाइएको छैन ।
थुनुवा वा कैदी बाहेक अरू कसैले थुनुवा वा कैदीलाई भगाए वा भगाउने उद्योग गरेमा जेलर कमल प्रसाद काफ्ले सहित सुरक्षार्थ खटिएका सबै प्रहरी कर्मचारीलाई कार्वाही गर्नुपर्ने भएपनि थुनुवा फरार भएको २४ घण्टा बितिसक्दा समेत हालसम्म कार्वाही भएको छैन । जिल्ला कारागारमा अहिले असई दुर्गामान गेवाको कमान्डमा २२ जना प्रहरी खटिएका छन् । जस्मा २ जना हवल्दार सहित अन्य प्रहरी जवान छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्