चितवनमा बिप्लव माओवादीका सक्रिय कार्यकर्ता पक्राउ
चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका संगठित सक्रिय कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गत, मंसिर ७ गते रत्ननगर नगरपलिका वडा नंम्बर ११ बस्ने प्रकाश चन्द्र ढकाललाई भरतपुर महानगरपालिका वडा नंम्बर ६ बुद्धचोकबाट पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा रहेका ढकाललाइ नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रम्मा उनको साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, सातौं पार्टी पुनर्गठन दिवश भव्यरुपमा सफल मनाऔं लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताव तथा दस्ताबेज सहित उनलाइ पक्राउ गरिएको हो । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्