भण्डाराका प्रहरी प्रमुख गिरीको एक्सन : गाँजा सेवन तथा बिक्री गर्ने १० जना पक्राउ
चितवन । ईलाका प्रहरी कार्यालय भण्डाराले गाँजा सेवन तथा बिक्री गर्ने १० जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा भण्डाराबाट प्रहरी प्रमुख प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले राप्ती नगरपालिका वर्डा नम्बर ०४ बाट दुई किलो दुई सय ग्राम गाँजा सहित एक जना, राप्ती नगरपालिका वर्डा नम्बर १० बाट दुई जना सहित राप्ती नगरपालिका वर्डा नम्बर ०२ बाट सात जना गरी दस जनालाई गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई बिहान नौ बजे र रातीको साढे आठ बजे छुट्टाछुट्टै समयमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले गाँजा, ट्याबलेट लगायत चकलेट कैँची समेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरु मध्य सात जनालाई इलाका प्रहरी कार्यालय भण्डारामा राखिएको छ भने अन्य तीन जनालाई इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको र थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राजीव गिरीले बताए । गाँजा सेवनले युवाहरुमा परेको असरलाई मध्यनजर गर्दै विशेष ध्यान दिदै आएको भण्डारा प्रहरीले कहि कतै यस्तो गतिबिधी भएको पाइए तत्कालै प्रहरीलाई सहि सुचना दिएर सहयोग गर्न समेत अपिल गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्