लागूऔषध सहित तीन जना पक्राउ
चितवन । चितवन प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा वर्डा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका – २ पुलचोकस्थित द कैलाश लज एण्ड रेष्टटुरेण्टको २०३ नंम्बरको कोठाबाट लागूऔषध डाइजेपाम -२३ एम्पुल, ब्युप्रिनुफिन-२३ एम्पुल, फेनारगन-२३ एम्पुलसहित भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने वर्ष २३ को राजेश बहादुर कार्कीलाई पक्राउ गरिएको हो ।
पक्राउ परिएका कार्कीमाथि थप सोधपुछ गर्दै जाँँदा उक्त लागु औषध भरतपुर महानगरपालिका वडा नंम्बर ११ कुमारी टोल बस्ने वर्ष २१ की एलिसा रूम्बा तामाङ र कालिका नगरपालिका वडा नंम्बर २ बस्ने बर्ष २० को रितेश गुरूङसँग लिएको भन्ने बताएपछि उनीहरु दुबैलाइ समेत नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएका मध्य एलिसा रूम्बा तामाङको कोठाबाट ३०० ग्राम लागु औषध गाँजा समेत वरामद गर्न प्रहरी सफल भएको छ ।
पक्राउ परेका माथि अनुसन्धान गर्ने क्रममा उक्त लागूऔषध एलिसा रुम्बाले रुपन्देही भैरहवा स्थित नेपाल भारतको सिमा नजिकबाट खरिद गरी ल्याईएको र राजेश बहादुर कार्की समेतका २ जना ब्यक्ति मिलेर भरतपुर १० स्थित बिक्रम मार्गबाट खुकुरी देखाएर लुटेर लगेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको चितवन प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीको भनाईं छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्