चितवन प्रहरीको एक्सन : नगद एक लाख २१ हजार सहित ८ जुवाडे पक्राउ
चितवन । चितवन प्रहरीले जुवा खेलेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । गएराती एक बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ४ लंकुस्थित रोयल बम्बो कटेजमा जुवातास खेल भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले नगद एक लाख २१ हजार रुपैयाँँ सहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रत्ननगर नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ३५ को मनोज तामाङ, भरतपुर महानगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३५ को लक्ष्मण गैरे, भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष ३० को सुजन पौडेल रहेका छन् । त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३७ को चिजु गुरूङ, सोही ठाउँ बस्ने बर्ष ३० की अनु गुरूङ (थापा), बर्ष ३७ को नविन गुरूङ, बर्ष २८ को प्रजित ठकुरी, बर्ष ४० को प्रकाश थापा मगरलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले जुवा खेल्न प्रयोग भएको नगद धनमाल सहित तास समेत बरामद गरिएको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू उपर जुवा कसुरमा ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीको भनाई छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्