नेकपा कर्णाली विवाद : ओली–प्रचण्ड निष्कर्षबिहीन
काठमाडौं, २ कात्तिक । कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद मिलाउन छलफलमा जुटेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निष्कर्षविहीन भएका छन् ।
कर्णालीका नेताहरुसँग बिहीबार, शुक्रबार र शनिबार अध्यक्षद्वयले छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेपछि आज आइतबार साँझ उनीहरु विवाद समाधानको विकल्प पहिल्याउन छलफलमा जुटेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दलका १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि नेकपाको केन्द्रमा केन्द्रित विवाद प्रदेशसम्म फैलिएको छ ।
तर, अविश्वास पत्रमा हस्ताक्षर गर्नेमध्ये बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात सांसदपछि हटेपछि तत्कालका लागि शाहीको मुख्यमन्त्री पद जोगिएको छ ।
मुख्यमन्त्री शाहीले गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् भने सचेतकमा कर्मराज शाहीलाई नियुक्त गरेका छन् । उनले नेपाल समूहलाई थप तीन मन्त्री दिने सहमति समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली-प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्