सरकार आइसोलेसनमा पुग्योः गगन थापा
काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले सरकार संक्रमित भएर आइसोलेसनमा पुगेको बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य थापाले सोमबार बिहान ट्वीट गर्दै कोरोना संक्रमितको उपचार नगर्ने सरकारको विरोध गरेका छन् । उनले कोरोनाको उपचार नगर्ने सरकारले संक्रमितको संख्या मात्रै गनेर बस्ने हो भनेर प्रश्न गरेका छन् ।
‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु’, कांग्रेस नेता थापाले भने, ‘यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’
सरकारले कोरोना संक्रमितहरूको उपचार नगर्ने, होम आइसोलेसनमा मृत्यु भए आफन्तहरूले नै अन्त्यष्टि गर्ने भनेर निर्णय सुनाएको थियो ।
सरकारले कोरोना उपचारमा हात उठाएको भनेर विरोध भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्