Techie IT
आईतबार, वैशाख २८,२०८२

काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई अनेरास्ववियू काठमाडौँको ज्ञापनपत्र


काठमाडौ । अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटिले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दहाललाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्र मार्फत देशमा बढ्दै गरेको हत्या,हिँसा तथा एसिड प्रकरण तथा नजिकिदै गरेका चाडपर्व दशैं, तिहार छठको मौका छोपी हुने गरेका कालोबजारी तथा शान्ति सुरक्षाको स्थितिलाई बिग्रन नदिनका लागि जिल्ला प्रसाशन कार्यालय काठमाडौँलाई आग्रह गरिएको सह संयोजक राजकुमार लामिछानेले बताए ।

बढदो कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौँले केहि समय अगाडी दिएको निर्देशनलाई अवज्ञा गर्दै भौतिक रुपममा बिधार्थी उपस्थित गराई पठन पाठन गरेकोमा अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको संयोजक कृष्ण थापा मगरले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियू काठमाडौ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:15 am6:44 pm +0545