Techie IT
सोमबार, भदौ २४,२०८१

गाउँपालिकाका अध्यक्षलाई बिप्लप कार्यकर्ताले कालोमोसो दले


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गर्न थालेको छ ।

बझाङ जिल्लाको मष्टा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर कठायतलाई नेकपाका कार्यकर्ताले दुर्व्यवहार गर्दै कालोमोसो दलेका छन् ।

तत्कालीन नेकपा (एमाले)बाट अध्यक्षमा निर्वाचित अध्यक्ष कठायतलाई नेकपाका कार्यकर्ताले कालो मोसो दलेका हुन् ।

अध्यक्ष कठायतलाई नेकपाले कमिसन खाएको, कार्यालय समयमै मदिरा सेवन गरेको, बजेट वितरणमा मनोमानी गरेको जस्ता आरोप लगाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कालोमोसो, #नेकपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
27°
Mostly Cloudy
5:45 am6:16 pm +0545