Techie IT
बुधबार, वैशाख १६,२०८३

टोखा नगरपालिकाको भवन निर्माण हुँदै


शोभा तामाङ

काठमाडौं ।  टोखा नगरपालिकाले मैजुहिटी स्थित आफ्नो कार्यालय हाता भित्र रहेको नापिशाखा लगायतको अस्थायी टहराहरु भत्काइ नयाँ भवन निर्माण गर्ने भएको छ भने सो भत्काइएका संरचनाहरु नयाँ स्थानमा स्थापना गरि कार्य संचालन गरिने भएको छ।

टोखा नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौंको आर्थिक लागतमा निर्माण गरिने उक्त भवनको लागि विनियोजित रकम रु.११,०९,८७,५०९.३१ (भ्याट बाहेक) रहेको छ।

उक्त भवन निर्माणको ठेक्का शृङ्खला निर्माण सेवा, नुवाकोटसङ्ग मिति २०७६/१०/२२ गते सम्झौता गरेको छ। भवन निर्माण भने २०७८/१०/२१ गते भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको मेयर प्रकाश अधिकारिले बताउनुभयो।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकाको भवन


तपाईको कमेन्ट लेख्नुहोस्