Techie IT
शुक्रबार, वैशाख २६,२०८२

कोरोना बिरुद्द लडन अनेरास्ववियू काठमाडौको स्वयंमसेवक टिम


काठमाडौ । अनेरास्ववियू काठमाडौं जिल्ला कमिटिले कोभिड १९ बिरुद्द लडनका लागि स्वयंमसेवकको टिम तयार गर्ने भएको छ ।

एकता पश्चातको प्रथम भर्चुअल बैठक मार्फत नजिकिदै गरेको चाडपर्वको मौका छोपी हुने कालोबजारी नियन्त्रण गर्ने सरकारलाई दवाव ,उपत्यकामा रगतको अभाव हुन नदिन असोज १० गते  रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको सह संयोजक राजकुमार लामिछानेले बताए ।

 

काठमाडौं जिल्ला संयोजक कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकलाई सहसंयोजक राजकुमार लामिछानेले संचालन गरेका थिए। संगठनका केन्द्रिय सहसंयोजक रन्जित तामाङ प्रमुख अतीथी रहेको उक्त कार्यक्रममा अनेरास्वबियू केन्द्रिय सद्स्य समिर पाण्डे समेत अतिथिको रुपमा उपस्थित रहेका थिए।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियू काठमाडौ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545