चितवनबाट पाँच जना जुवाडे पक्राउ
चितवन प्रहरीले पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित इन्द्र बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटी गएको प्रहरी टोलीले घरधनी घलान सहित भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४५ को कृष्ण बहादुर घलान, कालिका नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३३ को बिकास गुरूङ, रत्ननगर नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३९ को राजु पोख्रेल, नवलपरासी गैंडाकोट नगरपालिका नम्बर १ बस्ने वर्ष ३० को दिपक आचार्यलाई रु ४५ हजार ७०० नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि जुवातास सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : ##जुवातास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्